बैतडी बस दुर्घटना अपडेट : ४ जनाको पहिचान खुल्यो



बैतडी बस दुर्घटना अपडेट : ४ जनाको पहिचान खुल्यो

बैतडी २८ कार्तिक । बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा गएराति दुर्घटनामा परि मृत्यु भएका ९ मध्ये चा जनाको सनाखत भएको छ। दशरथचन्द राजमार्ग अन्र्तगत बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा गएराति दुर्घटनामा परि मृत्यु भएका ९ मध्ये चा जनाको सनाखत भएको हाे ।

बैतडीको दोगडाकेदार ६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार ६ सित्तडकै २७ बर्षीय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्र जोशी र कञ्चनपुरको भिमदत्त नगरपालिका ८ तिलाचौरका १५ वर्षीया किर्तिका कार्कीको सनाखत भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

मृतक चन्द र ऐरको घटनास्थलमै मृत्यु भएको हो भने कार्कीको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। ऐरको शब बसले च्यापिएकोले निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ। अन्य ६ जना मृतकको पहिचान हुन सकेको छैन। उनीहरुको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ।

सो दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते ८ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २६ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राती साढे १० बजेतिर दुर्घटनामा परेको हो। सानो घुम्तीबाट बस ६ सयमिटर जति तल खसको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन्।

याे पनि हेर्नुस् ।

बैतडीकाे खोड्पेमा बस दुर्घटना, नौ जनाको मृत्यु, ३४ घाइते

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे