LISTEN LIVE RADIO

राप्ती उपत्यका देउखुरीमा सात सय विगाहमा जग्गा एकिकरणको तयारी हुँदै



राप्ती उपत्यका देउखुरीमा सात सय विगाहमा जग्गा एकिकरणको तयारी हुँदै

भालुवाङ ४ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले राजधानी निर्माणका लागि राप्ती उपत्यका देउखुरीमा ७ सय विगाह क्षेत्रफलमा जग्गा एकिकरणको तयारी गर्न लागेको बताएका छन् ।

प्रदेश पूर्वाधार विकास प्राधिकरण प्रदेश राजधानी जग्गा एकीकरण आयोजनाको कार्यालयले मंगलबार होटल पाैवा भालुवाङमा आयोजना गरेको नदी सभ्यतामा आधारित व्यवस्थित शहर विकासका लागि गर्न थालिएको जग्गा एकीकरण विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले सो कुरा बताएका हुन् ।

प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री केसीले राप्ती उपत्यकाको १४ वटा वडालाई समेटेर गर्न लागेको जग्गा एकिकरणका क्रममा कुन- कुन ठाउँमा कुन-कुन संरचना बन्ने विषयमा नक्साङन सहित जग्गा नापजाँच गरि जग्गा एकिकरणको काम सुरू हुने बताएका छन् ।

लामो समय देखि बन्द भएको जग्गा नक्साङन गरि राजधानी राख्ने ठाउँको एकिन पछि मात्र अन्य ठाउँको जग्गा फुकुवा हुने बताएका छन् । यस्तै मुख्यमन्त्री केसीले ९ वटै वडा अध्यक्षहरूलाई जग्गा एकीकरण सहजीकरण समिति गठन गरि काम अगाडि बढाउन निर्देशन समेत दिएका छन् । कार्यक्रम विज्ञ टोलीले जग्गा एकिकरणका विषयमा सहजीकरण गरेका थिए । भने जनप्रतिनिधि तथा सहभागीहरूले जिज्ञासा राखेका थिए । प्रदेश पुर्वधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलको अध्यक्षतामा कार्यक्रम भएको हो ।

अध्यक्ष चाैधरीले लिए सफथ

यसै बीच लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरण जग्गा एकीकरण आयोजनाको अध्यक्षमा नियुक्त भएका श्यामेस चौधरीले नियुक्त–पत्र हस्तान्तरण गर्दै पद तथा गोपनियताको सफतग्रहण गरेका छन् ।

अध्यक्ष चौधरीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सफथग्रहण गराएका थिए । भने चाैधरीलाई मुख्यमन्त्री केसीले कार्यालयमा पदभार समेत गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे