LISTEN LIVE RADIO

राप्तीमा सुआहाराको दोस्रो कार्यक्रमको सिकाई आदानप्रदान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न



राप्तीमा सुआहाराको दोस्रो कार्यक्रमको सिकाई आदानप्रदान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

भालुवाङ ४ असोज । दाङको राप्ती गाउँपालिकामा सञ्चालित सुआहाराको दोस्रो कार्यक्रमको सिकाई आदानप्रदान सम्बन्धी कार्यशाला गोष्ठी मंगलवार राप्ती गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

स्थानीय तहमा एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तरगत पालिका तहमा सुआहारा दोस्रो कार्यक्रमको सिकाई आदानप्रदान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको हो । राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीको अध्यक्षता एवम् गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यशाला गोष्ठीमा बोल्दै अध्यक्ष विष्टले हरेक नागरिक स्वस्थ हुनका लागि रोग लाग्न नदिने उपाय अपनाउन आवश्यक रहेको बताएका छन् ।

मानिस स्वस्थ हुनका लागि आहारविहारमा ध्यान दिन आवश्यक रहेको बताएका छन् । हरेक गर्भवती महिलाले खानपिनमा ध्यान दिन आवश्यक रहेको बताएका छन् । त्यस्तै अध्यक्ष विष्टले दशै अगाडि सवै वडा अध्यक्षहरूलाई आफ्नो वडा सरसफाई सँगै डेंगु संक्रमण रोक्ने अभियानमा गम्भीर भएर लाग्न निर्देशन समेत दिएका छन् । प्राकृतिक संरचनाको संरक्षण गर्ने जिम्मेवारी समेत जनप्रतिनिधिहरुको भएकोले ध्यान काम गर्न सुझाव दिएका छन् ।

कार्यक्रममा राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले २४ बुँदे स्वास्थ्य कार्यक्रमको कार्य योजना पेश गरेका थिए । कार्यक्रममा सुआहाराका कार्यक्रम संयोजक विकास रोकायले सुआहाराले हाल सम्म गरेको कार्यक्रमका विषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर वली, सुआहाराका कार्यक्रम संयोजक विकास रोकाय, प्राविधिक संयोजक अमृत पौडेल, फिल्ड कोडिनेटर संजय चौधरी, बेसका जिल्ला सचिव रुपलाल चौधरी, सुआहाराकी पालिका पोषण सहजकर्ता नितु चौधरी, समुदाय पोषण सहजकर्ता गिरिजा चौधरी, गढवा गाउँपालिकाका पोषण सहजकर्ता रामप्रसाद चौधरी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य तथा पत्रकारको सहभागीता रहेको थियो । राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष गेमबहादुर खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन राप्ती गाउँपालिकाका प्रशासन शाखा अधिकृत विकास ज्ञवालीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे