देउखुरीको जुरौनीमा गुडिरहेको बसमा एक्कासी आगलागी



देउखुरीको जुरौनीमा गुडिरहेको बसमा एक्कासी आगलागी

सन्तोषकुमार गुप्ता, भालुवाङ २७ कार्तिक ।

देउखुरीको जुरौनीमा आज साँझा गुडिरहेको बसमा एक्कासी आगलागी भएको छ । पोखराबाट तुलसीपुर तर्फ जाँदै गरेको ना ५ख ३६६ नम्बरको यात्रुबाहक बसमा अचानक आगलागी भएको हो ।

कालाकाटे र धानखोला बीचको जंगल क्षेत्र रहेको स्थानमा उक्त बसमा आगलागी भएको अस्थायी प्रहरी पोष्ट कालाकाटेका प्रहरी प्रमुख उज्जवल शाहले जानकारी दिए । आगलागीबाट बस जलेर पूर्ण रुपमा जलेर खरानी भएको छ ।

बसको ईञ्जिनमा वाईरिङ्ग सट भएर लागलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरी प्रमुख शाहले देउखुरी टुडेलाई बताए । बसमा २३ जना यात्रु सवार थिए । आगलागीबाट यात्रुहरुलाई भने केही नभएको र सबै यात्रु सकुसल रहेको प्रहरीले जनाएको छ ।

आगलागीबाट बस भित्र रहेको यात्रुहरुको समान समेत जलेर पूर्ण रुपल े खरानी भएको छ । उक्त बसका यात्रुहरुलाई आर्को बसको व्यवस्था गरी घर पठाउन लागिएको समेत प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे