तुलसीपुरमा अटो रिक्साकाे ठक्करबाट स्कुटी चालक घाइते



तुलसीपुरमा अटो रिक्साकाे ठक्करबाट स्कुटी चालक घाइते

तुलसीपुर ३० भदौ । तुलसीपुरको एयरपोर्टमा अटो रिक्साले स्कुलाई ठक्कर दिदा एक जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–१२ जसपुर निबासी २९ बर्षकी रिता बुढा मगर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

तुलसीपुरबाट जसपुर गइरहेको रा ५ प ७२९२ नम्बरको स्कुटीलाई सोही दिसातर्फ गइरहेको रा१ह४३६६ नम्बरको अटोले एयरपोर्टको मोडमा ठक्कर दिएको थियो । ठक्कर दिने अटो चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे