दाङ क्षेत्र नं. १ मा माओवादीबाट प्रतिनिधि सभाका लागि महरा सहित ४ जनाकाे नाम सफारिस



दाङ क्षेत्र नं. १ मा माओवादीबाट प्रतिनिधि सभाका लागि महरा सहित ४ जनाकाे नाम सफारिस

भालुवाङ ३० भदाै । नेकपा माओवादी केन्द्रले दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि कृष्णबहादुर महरा सहित ४ जनाकाे नाम सिफारिस गरेको छ । आज बसेको बैठकले प्रतिनिधि सभाको लागि महरा सहित नारायणी शर्मा प्रतीक्षा र लुम बहादुर कार्की बद्री र होमप्रसाद शर्मालाई सिफारिस गरिएको माओवादी केन्द्र राप्ती गाउँपालिका सहसचिव बसन्त नेपाली जानकारी दिएका छन् ।

यस्तै दाङ क्षेत्र नम्बर १ क प्रदेश सभा तर्फ इन्द्रजित थारु, लुमाकान्त न्यौपाने सागर , बिरेन्द्र चौधरी र धर्मराज अधिकारि सिफारिस भएको सहसचिव नेपालीले जानकारी दिएका छन्  । माओवादी केन्द्रका केन्द्रिय उपाध्यक्ष समेत रहेका महरा पुर्व सभामुख पनि हुन । अहिले सम्म महरालाइ रोल्पा, दाङ क्षेत्र नम्बर २ बाट पनि सिफारिस भएका छन् ।

यस्तै प्रतिनिधि सभामा सिफारिस भएकी शर्मा माओवादी केन्द्रकी केन्द्रिय सदस्य हुन् जनयुद्ध काल देखि माओवादी आन्दोलनमा लागेकी शर्मा अहिले सम्म अवसर नपाउने नेतृमा पर्दछिन् । यस्तै प्रतिनिधि सभामा सिफारिस भएका कार्की पेसाले अधिवक्ता हुन भने माओवादी आन्दोलनमा लामो समय देखि काम गरि रहेका छन्

यस्तै प्रतिनिधि सभामा सिफारिस भएका शर्मा लामो समय मसालमा राजनीति गरेका नेता हुन् । भने बाबुराम माओवादी केन्द्र संग अलग भए पछि शक्ति हुँदै जसपा र अहिले माओवादी केन्द्रमा प्रवेश गरि केन्द्रिय सदस्य पदमा नियुक्त भएका छन् । प्रदेश सभामा सिफारिस भएका थारु पटक पटक अवसर पाउने नेतामा पर्दछन् भने अहिले लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रीको जिम्मेवारी समेत समालेका छन् ।

यस्तै प्रदेश सभामा सिफारिस भएका न्यौपाने लामो समय देखि माओवादी आन्दोलनमा लागेका र कुनै पनि अवसर नपाएका नेतामा पर्दछन् । प्रदेश सभामा सिफारिस भएका चौधरी स्थानीय रुपमा स्थापित नेता हुन् । यस्तै प्रदेश सभामा सिफारिस भएका अधिकारी एमाले छोडेर माओवादीमा आएका नेता हुन् भने लामो समय पार्टीको राप्ती गाउँपालिका अध्यक्ष भएर चलाइसकेका छन् । २०५४ सालमा एमालेबाट साविक लालमटिया गाबिसको उपाध्यक्ष समेत रहेका थिए ।

यता दाङ क्षेत्र नम्बर १ ख प्रदेश सभा तर्फ दामा शर्मा, रामप्रसाद घिमिरे, बसन्तराज अधिकारी, बाबुराम चौधरी, कालुराम चौधरी, गंगा पाण्डे भिम बहादुर वलीकाे नाम सिफारिस भएको सहसचिव नेपालीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे