कटेशनाला देखि सिसहनियाँ सम्मको राजमार्ग छेउछाउका ६१ वटा रूख कटान हुने



कटेशनाला देखि सिसहनियाँ सम्मको राजमार्ग छेउछाउका ६१ वटा रूख कटान हुने

भालुवाङ १७ भदाै । पुर्व पश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नम्बर १ कटेशनाला देखि वडा नम्बर ५ को सिसहनियाँ बजार क्षेत्र सम्म सडक छेउछाउका ६१ वडा रुख कटान हुने भएको छ ।

राप्ती गाउँपालिकाको सिफारिस र सडक डिभिजन कार्यालय घोराहीको समन्वयमा डिभिजन बन कार्यालय लमहीले सो क्षेत्रमा रहेका जोखिमयुक्त ६१ वटा रुख कटान तथा व्यवस्थापन गर्न लागेको हो ।

सम्भाबित दुर्घटना र मानवीय क्षेती हुन नदिन बन कार्यालयलाई रुख कटान गर्न सिफारिस गरिएको राप्ती गाउँपालिमा अध्यक्ष प्रकाश बिष्टले जानकारी दिए ।
हालै राप्ती गाउँपालिकामा बसेको सर्वपक्षीय बैठकले जोखिम युक्त रुख कटान तथा व्यवस्थापन गर्न डिभिजन वन कार्यालय लमहीलाई सिफारिस गरेको थियो ।

राप्ती गाउँपालिका वडा नम्बर १ कटेसनाल देखि सिसहनियाँ बजार सम्म रहेका जोखिम युक्त रुख हटाउन लागिएको हो । जसमा सात बटा सालका रुख, बकुल एक बटा, अस्ना एक बटा, मसला दुई बटा, सिसौ २८ बटा, सिमल १० बटा, जेकट १० बटा, निम एक बटा र कुसुम एक गरि ६१ वटा रुख हटाउन लागिएको डिभिजन वन कार्यालय लमहीका प्रमुख राजु क्षेत्रीले बताए ।

राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टको अध्यक्षतामा भएको बैठकमा उपाध्यक्ष कमलापति चौधरी , डिभिजन वन कार्यालय लमहीका प्रमुख राजु क्षेत्री , सडक डिभिजन कार्यालय घोराहीका इन्जिनियर शम्भु विक, वडा अध्यक्षहरु पहलमान चौधरी, उमेस अधिकारी, वीर बहादुर चौधरी, सञ्चारकर्मी महेश रिजाल, नापी कार्यालय , मालपोत कार्यालय , इलाका प्रहरी कार्यालय भालुबाङका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे