LISTEN LIVE RADIO

राजधानी निर्माणका लागि साउन ३१ गते शिक्षालयलाई सरस्वस्ती माविमा सारिदै



राजधानी निर्माणका लागि साउन ३१ गते शिक्षालयलाई सरस्वस्ती माविमा सारिदै

भालुवाङ २४ साउन । लुम्बिनी प्रदेशको स्थायी राजधानी स्थापनाका लागि लुम्बिनी प्रदेश सरकारको पहिलो कार्यभार बनेको छ । राजधानी निर्माण एवं स्थापनाका लागि राप्ती प्राविधिक शिक्षालयलाई साउन  ३१ गते सररस्वस्ती मावि गढवामा सर्ने भएको छ ।

मंगलवार बसेको राप्ती प्राविधिक शिक्षालय सञ्चालक समितिकाे बैठकले लुम्बिनी प्रदेशको राजधानी निर्माणको कार्य अगाडि बढेको र सो कार्यलाई सहयोग गर्नका लागि सार्ने साउन ३१ गते नै सर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी एवं सञ्चालक समितिका अध्यक्ष हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकले नियर्णय गरेको हो ।

बैठकमा अध्यक्ष हिरालार रेग्मीले विद्यालयलाई स्थानतरण गर्नका लागि सबैले सहयोग गरि दिन आग्रह गरेका छन् । यस्तै राप्ती प्राविधिक शिक्षालयका प्रमुख शालिकराम डाँगीले विद्यालयको सर्ने कुरा निश्चित भएपछि सबै काम गर्न सजिलो हुने भएकोले गर्दा सार्न ढिलाई गर्न नहुने बताउँदै ३१ गते नै सर्ने बताए । बैठकमा सहभागी मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश सरकारले राजधानी निर्माण र राप्ती टेक्निकलको विकासका लागि बरावरी प्राथमिकता राखेर सरकारले काम गर्ने, त्यसका लागि सबैले सहयोग गर्न र काम छिटो टुङ्गाउँन निर्देशन दिए ।

बैठकले राप्ती प्राविधिक शिक्षालयलाई २०७९ साल साउन ३१ गते सार्ने,  शिक्षालयले सो भवन एवं सामान बरबुझरातका लागि मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई पत्रचार गर्ने, सार्नका लागि आवश्यक बजेट र भौतिक संरचना निर्माणका लागि प्रदेश सरकारकासँग बजेट माग गर्ने निर्णय गरेको छ । राप्ती प्राविधिक शिक्षालय गढवामा सर्ने भएपछि राजधानी निर्माणको कामले तिव्र गति लिने स्थानीयबासीहरुले बताएका छन् । सो को स्थातरण राजधानीको निर्माणका कार्यले गति लिदा प्रदेश सरकारको योजना पुरा हुने निश्चत देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे