LISTEN LIVE RADIO

भागिरथ र सुनिताकाे स्वरमा रहेकाे ‘झमझम झम्काना’ गीत करोड क्लबमा प्रवेश



भागिरथ र सुनिताकाे स्वरमा रहेकाे ‘झमझम झम्काना’  गीत करोड क्लबमा प्रवेश

काठमाडौं २४ साउन । यस वर्षको तीज गीत ‘झमझम झम्काना’ करोड क्लबमा प्रवेश गरेको छ । भागिरथ चलाउने र सुनिता बुढा क्षेत्रीको स्वर रहेको गीत करोड क्लबमा प्रवेश गरेको हो । गीत एक महिनाअघि मात्रै सार्वजनिक गरिएको थियो । सार्वजनिक भएको महिना दिनमै गीतले मंगलवार दिउँसो युट्युबमा करोड भ्युज पाएको हो । यसवर्ष सार्वजनिकमध्ये करोड क्लबमा पुग्ने एकमात्र तीजलक्षित गीत बनेको छ झमझम झम्काना ।

युट्युबमा पनि दर्शकले राम्र्रो प्रतिक्रिया दिएका छन् भने यतायतिबेला टिकटकमा पनि उक्त गीत उत्तिकै हिट रहेको छ । लाखौं स्रोताले गीतका टुक्कामा टिकटक बनाएका छन् । प्रकाश भट्टको निर्देशनमा तयार गीतको भिडियोमा गायक भागिरथसँगै मोडल गीता ढुंगानाको अभिनय तथा नृत्य देख्न सकिन्छ । गीतमा बोमबहादुर गाहा मगरको शब्द, भागिरथकै संगीत रहेको छ भने विनोद बाजुरालीको एरेन्ज छ ।

यस गीतका गायक तथा गायिकाले दर्शकको यस्तो अपार माया पाउँदा निकै खुशि लागेको बताएका छन् । तीज गीतलाई यति धेरै रुचाइदिएकोमा खुशी व्यक्त गरेका छन् । गीत यहाँसम्म पुग्नुमा स्रोतारदर्शकको माया र साथ भएको भन्दै सम्पूर्ण स्रोता एवं दर्शकलाई धन्यवाद समेत व्यक्त गरेका छन् । आउँदा दिनमा पनि स्रोतारदर्शकले रुचाउने खालका गीत ल्याउने प्रयासरतमा आफु रहने गायक चलाउनेले बताएका छन् । सन्ध्या कँडेलको प्रस्तुति रहेको ‘झमझम झम्काना’लाई राजेश घिमिरेले छायांकन एवं विष्णु घिमिरेले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे