LISTEN LIVE RADIO

पब्लिक एजुकेसन लालमटियामा शिक्षा, स्वास्थ्य र संस्कार सम्बन्धी प्रशिक्षण कार्यक्रम



पब्लिक एजुकेसन लालमटियामा शिक्षा, स्वास्थ्य र संस्कार सम्बन्धी प्रशिक्षण कार्यक्रम

लालमटिया २४ साउन । पब्लिक एजुकेसन एकेडेमी राप्ती गाउँपालिका २ लालमटिया दाङले शिक्षा, स्वास्थ्य एवं संस्कार सम्बन्धी  शिक्षक, कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

विद्यालयका प्रधानाध्यापक विक्रान्त ज्ञवालीको अध्यक्षता एवं विद्यालय सञ्चालक समिति सदस्य शोभाखर भुसालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रशिक्षक रवीन्द्र बस्नेतले शैक्षिक गुणस्तर अभिवृद्धि गर्न र विद्यार्थीको चौतर्फी विकास गर्न  शिक्षक, कर्मचारी  एवं विद्यालय प्रशासनले खेल्नुपर्ने महत्त्वपूर्ण भूमिकाको बारेमा बताएका थिए ।

उनले बालबालिकालाई कस्तो बनाउने भन्ने कुरा शिक्षकको हातमा रहेको हुनाले विद्यार्थीलाई परिवर्तन गर्न पहिला  शिक्षकमा परिवर्तन आउनुपर्ने बताए । अहिलेका विद्यार्थीलाई भयरहित वातावरण र प्रोत्साहनको आवश्यकता रहेकाले विद्यार्थीले गरेर सिक्ने वातावरण शिक्षक, र विद्यालयले निर्माण गर्नुपर्दछ। प्रविधिको अत्यधिक प्रयोगले विद्यार्थी यान्त्रिक बन्दै गएको हुनाले उनीहरुलाई घर, परिवार, गाउँ, समाजका हरेक गतिविधिमा संलग्न गराउदै ज्ञान, सीप र संस्कारसँग जोड्नुपर्ने विचार व्यक्त गरे ।

शिक्षकले  विद्यार्थीको रुचि र क्षमताको पहिचान गरी आवश्यक शिक्षण विधि र प्रक्रिया अपनाउनु पर्दछ। विद्यालयका प्रधानाध्यापक विक्रान्त ज्ञवालीले शिक्षक, कर्मचारी अभिभावक र विद्यालय प्रशासन विचको सुमधुर सम्बन्धलाई प्रगाढ बनाउदै  विद्यालयले ज्ञान, सीप र संस्कारयुक्त गुणस्तरीय शिक्षा प्रदान गरेका कारण जिल्लामै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको बताए ।

कार्यक्रममा विद्यालय सञ्चालन समिति सदस्य शोभाखर भुसाल, शिक्षक लोकबहादुर थापा, फनिराम पौडेल, सोनु भण्डारी, भावना आचार्यले मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक चम्पकराज कार्कीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे