LISTEN LIVE RADIO

दाङको बंगलाचुलीमा चट्याङ लागेर एकै घरका २ जना घाईते



दाङको बंगलाचुलीमा चट्याङ लागेर एकै घरका २ जना घाईते

दाङ ३२ असार । दाङको बंगलाचुली गाउँपालिकामा चट्याङ लागेर एकै घरका २ जना घाईते भएका छन् । चट्याङ लागेर बंगलाचुली गाउँपालिका वडा नम्वर ५ दमदमे निवासी २७ वर्षिया तुलसी वली र  १२ वर्षिया वर्षा वली घाईते भएका हुन् ।
आज दिउसो करिव ३ वजे तिर अविरल वर्षा संगै परेको चट्याङ लागेर उनीहरु घाईते भएको स्थानिय मान बहादुर वलीले जानकारी दिए । घाईते दुबै जनालाई उपचारका लागि राप्ति स्वाथ्य विज्ञान प्रतिष्ठान घोराहीमा लागिएको छ ।
दिउसोको समयमा घरमा बसिरहेको बेला घरमा चट्याङ पर्दा उनीहरु घाईते भएका हुन् । चट्याङले घरमा समेत क्षती पुर्याको बताईएको छ ।

चट्याङलागेर घरका अन्य सदस्यहरु समेत वेहोस भएको तर अहिले उहाँहरु होसमा आएको र स्वास्थ्य अवस्था सामन्य रहेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे