अगामी नीति तथा कार्यक्रमका लागि देउखुरीकाे राप्ती ७ का विभिन्न टाेलमा सुझाब संकलन



अगामी नीति तथा कार्यक्रमका लागि देउखुरीकाे राप्ती ७ का विभिन्न टाेलमा सुझाब संकलन

सिसहनियाँ २९ जेठ ।  देउखुरीकाे राप्ती गाउँपालिका वडा न ७ ले अार्थिक वर्ष २०७९/२०८० काे याेजना छनाैट तथा नीति कार्यक्रमका लागि अगामी गाउँसभाबाट बजेट निर्माण गर्ने उदेश्यले वडाका विभिन्न गाउँटाेलहरूमा सुझाब संकलन अभियान शुरू गरेकाे छ । जस अन्तर्गत अाइतबार भानपुर र अनानहपुरमा सुझाब संकलन गरिएकाे छ ।  अार्थिक वर्ष २०७९/२०८० काे याेजना छनाैट तथा नीति कार्यक्रम सम्वन्धि अन्नरत्रिया कार्यक्रम सम्पन्न भएको छ ।

भानपुर गाउँ सुधार समिति तथा अगुवा गाेपाल चाैधरीकाे अध्यक्षता तथा वडा अध्यक्ष सिताराम चैाधरी काे प्रमुख अतिथि भएको कार्यक्रम मा स्थानिय वासि हरुले अाफ्नाे धारणा तथा विकास अायाेजना सम्बन्धी राय सल्लाह प्रदान गरेका थिए ।

कुसुम चाैधरीकाे स्वागत मन्तव्य बाट सुरु भएको कार्यपत्रमा वडा सदस्य ज्ञानबहादुर चाैधरी, समाजसेवी शरद अधिकारी, पशुपति जिसी लगायतले गाउँकाे समस्याका बारेमा प्रष्ट पारेका थिए । भने कार्यक्रमकाे सन्चालन निमराज पोख्रेलले गरेका थिए ।

त्यस्तै साेही वडाकाे अनानहपुरमा सुझाब संकलन गरिएकाे छ । गाउँ सुधार समितिका अध्यक्ष माधवकुमार चाैधरीकाे अध्यक्षता भएकाे कार्यक्रममा निवर्तमान वडा सदस्य भिमलाल चाैधरी, समाजसेवी नरेश चाैधरी, चन्द्रमणि पोख्रेल, देवीराम शर्मा र कृष्णबहादुर चाैधरी लगायतले सुझाव सल्लाह दिएका थिए । कार्यक्रमकाे संञ्चालन यमबहादुर चाैधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे