LISTEN LIVE RADIO

तुलसीपुरबाट इट्टालाई सुन भन्दै अग्रिम रकम अशुल्ने समुह पक्राउ



तुलसीपुरबाट इट्टालाई सुन भन्दै अग्रिम रकम अशुल्ने समुह पक्राउ

तुलसीपुर ९  जेठ । दाङको तुलसीपुरबाट इट्टालाई सुन भन्दै सर्वसाधारणबाट अग्रिम रकम अशुली गरि ठगी गर्न खोज्ने गिरोह पक्राउ परेको छ । पक्राउ पर्नेमा दार्जुला जिल्लाको ब्याँस २ का २३ बर्षीय सुरेन्द्रसिंह धामी, सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं. १ की ४९ बर्षीया साबित्रा बुढाथोकी, कुमाख गाउँपालिका वडा नं.१ की ३० बर्षीया गीता बुढा र दाङको राजपुर गाँउपालिका वडा नं। ६ खाँग्रानाका २६ बर्षीय राजकुमार बुढा र २४ बर्षीय प्रकाश खड्का रहेका छन् ।

उनीहरुलाई आइबार राति ९ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित एकान्त होटेलको कोठा नं. १०३ बाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालय घोराही दाङबाट प्रहरी निरीक्षक सन्दिप बेलबासेको नेतृतवमा खटिएको टोलीले सर्वसाधारणलाई सुन बिक्रि गर्ने बाहानामा सुन जस्तो पँहेलो धातुको नमुना मात्र देखाई अग्रिम रकम बुझेका थिए । त्यसबारे गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरु बसेको कोठामा खानतलासी गर्दा दुई वटा इट्टा बरामद भएको जानकारी दिएको छ । पक्राउ परेकाहरु उपर थप अनुसन्धान जारी रहेको पनि प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे