LISTEN LIVE RADIO

एमाले दाङको घोराहीमा नरूलाल चाैधरी र तुलसीपुरमा टिकाराम खड्काले उम्मेदवारी दिने



एमाले दाङको घोराहीमा नरूलाल चाैधरी र तुलसीपुरमा टिकाराम खड्काले उम्मेदवारी दिने

दाङ १० वैशाख । नेकपा एमालेले दाङको तुलसीपुर र घोराही उपमहानगरपालिकामा मेयर र उपमेयरका उमेदवार टुंगो लगाएको छ ।

शनिबार बालकोटमा बसेको सचिवालय बैठकले तुलसीपुर उपमहानगरपालिकाको मेयरमा टिकाराम खड्का र उपमेयरमा स्यानी चाैधरीलाई टिकट दिएको छ । खड्का एमालेका लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य हुन् भने चाैधरी समाजिक अभियान्ता हुन् ।

यस्तै घोराही उपमहानगरको मेयरमा नरूलाल चाैधरी र उपमेयरमा हुमा डीसी लाई टिकट दिएको छ । चाैधरी यसअघि २०७४ सालको निर्वाचनमा पनि घोराही उपमहानगरमा मेयरमा निर्वाचित भएका थिए ।

उनी एमालेका पोलिटब्यूरो सदस्य र दाङ इन्चार्ज हुन् । उपमेयरमा टिकट पाएकी डीसी जिल्ला कमिटी सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे