LISTEN LIVE RADIO

भालुवाङमा होटल व्यवसायीहरुका लागि ३ दिने सीप तथा क्षमता अभिवृद्वि तालिम सुरु



भालुवाङमा होटल व्यवसायीहरुका लागि ३ दिने सीप तथा क्षमता अभिवृद्वि तालिम सुरु

भालुवाङ २२ पुस । देउखुरीको राप्ती गाउँपालिका १ भालुवाङमा होटल तथा रेष्टुरेण्ट व्यवसायीहरुका लागि ३ दिने सीप विकास तथा क्षमता अभिवृद्घि तालिम आज बाट शुरु भएको छ ।

होटल व्यवसायी महासंघ नेपाल र पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय अन्तर्गत (पर्यटन डिभिजन कार्यालय कोहलपुर ,बाँके) लुम्बिनी प्रदेशको सहकार्यमा रुकुम, रोल्पा, प्यूठान, दाङ्ग, बाँके र बर्दियाका होटल तथा रेष्टुरेण्ट व्यवसायीहरुलाई लक्षित गरेर आयोजना गरिएको ३ दिने सीप विकास तथा क्षमता अभिवृद्घि तालिम आजबाट शुरु भएको छ ।

पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय, लुम्बिनी प्रदेशका सचिव श्री महेश चन्द्र न्यौपानेले पानसमा बत्ती बालेर उद्घाटन गरेपछि तालिमको कार्यक्रम औपचारिक रुपमा सुरु भएको हो । होटल व्यवसायी महासंघ नेपाल र पर्यटन डिभिजन कार्यालय, बाँकेको सहकार्यमा सञ्चालित सो तालिमको सम उद्घाटन समारोहको अध्यक्षता पर्यटन डिभिजन कार्यालय बाँकेका कार्यालय प्रमुख माधव ज्ञवालीले गरेका थिए ।

सो कार्यक्रममा लुम्बिनी प्रदेशका सचिव महेशचन्द्र न्यौपाने, विशिष्ट अतिथिमा महासंघकै अध्यक्ष हिराध्वज शाह रहनुभएको थियो । कार्यक्रमको सञ्चालन महासंघका महासचिव बिरमन्जन बटलाले गरेका थिए । सो तालिम कार्यक्रमको संयोजक महासंघका सचिवालय सदस्य युवराज भण्डारी गरेका थिए ।

आन्तरिक राजश्व कार्यालय तुल्सीपुर दाङ्गका प्रमुख गोपीकृष्ण कोईराला ज्यू, आन्तरिक राजश्व कार्यालय दाङ्गका कर अधिकृत राजेन्द्र प्रसाद भण्डारी, होटल व्यवसायी महासंघ, लुम्बिनी प्रदेशका महासचिव दधिराम भण्डारी, होटल व्यवसायी महासंघ, लुम्बिनी प्रदेशका सचिव शिवराज सापकोटा, होटल व्यवसायी महासंघ, लुम्बिनी प्रदेशका सहसचिव तथा भालुवाङ्ग होटल व्यवसायी समितिका अध्यक्ष महेश बेल्बासे, लगायतका व्यक्तिहरुको सहभागिता रखेको थिए ।

३ दिने तालिममा लुम्बिनी प्रदेशका प्यूठान, पूर्वी रुकुम, रोल्पा, बाँके, बर्दिया र दाङ्गका गरी १३ ओटा व्यवसायी संघ संस्थाका १३५ जना प्रशिक्षार्थीहरुका लागि आन्तरिक राजश्व कार्यालय तुल्सीपुर दाङ्गका प्रशिक्षक तथा नाथमका प्रशिक्षकहरुबाट तालिमका कक्षाहरु सञ्चालन गर्ने कार्यक्रम रहेको छ ।

महोत्सव समापन कार्यक्रममा बोल्दैै महासंघका अध्यक्ष हिराध्वज शाहले पर्यटन ऐन २०७६ मा साना तथा मझौला होटल व्यवसायीहरुका सम्बन्धमा माग तथा सुझावहरु पेश गरी साना तथा मझौला होटल व्यवसायीहरुलाई पर्यटनमा सहज दर्ता गर्ने वातावरण बनाई पर्यटकीय स्तरको उधोग सरह मान्यता दिन पटक पटक अनुरोध गरेपनि सरकारले सुनुवाई नगरेको गुनासो गरेका छन् ।
=यसैगरी उनले महासंघको हाल ७७ जिल्लामा १४० वटा व्यवसायी संगठनहरु र ८० हजार व्यवसायीहरु रहेको र यसले देशमा रोजगारी सिर्जना गरी राज्यलाई ठूलो हिस्सा कर तिर्ने एउटा क्षेत्रको रुपमा रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे