LISTEN LIVE RADIO

जसपा दाङले १० वटै पालिकाको उम्मेदवारको नाम टुंगो लगायाे, राप्तीकाे अध्यक्षमा सुवेदी



जसपा दाङले १० वटै पालिकाको उम्मेदवारको नाम टुंगो लगायाे, राप्तीकाे अध्यक्षमा सुवेदी

दाङ २१ चैत । जनता समाजवादी पार्टी नेपाल दाङले जिल्लाको १० वटै पालिकाको उम्मेदवारीको नाम टुंगो लगाएर प्रदेश समितिमा सिफारिस गरेको छ ।

दाङ जिल्लाका सचिव लक्ष्मी चौधरीका अनुसार राप्ती गाउँपालिकामा रणप्रसाद सुवेदी, गढवा गाउँपालिकामा रामसरण यादव, राजपुर गाउँपालिकामा पन्चराम यादव, लमही नगरपालिकामा किशोर कुमार घर्ती मगर, घोराही उपमहानगरपालिकामा प्रकाश बिष्ट, बङगलाचुली गाउँपालिकामा सन्तोष कुमार भण्डारी, तुलसीपुर उपमहानगरपालिकामा टोपबहादुर महतरा, बबई गाउँपालिकामा  आइतराम बिक, दङ्गिशरण गाउँपालिकामा केशव भुसाल, शान्तिनगर गाउँपालिकामा जिवराज पुन मगर गरि १० जनाको नाम घोषणा गरेर प्रदेशमा पठाएको हो ।

पार्टीको जिल्ला समितिले यसरी नाम घोषणा गरेपनि गठबन्धन दलहरुको बैठक बसिरहेको र चाडै टुंगोमा पुगेको खण्डमा जसपा जिल्लाको सबै तहमा चुनाव लड्न सक्षम रहेको जिल्ला अध्यक्ष होमप्रसाद शर्माले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे