LISTEN LIVE RADIO

प्रदेश पुर्वाधार विकास प्राधिकरणका प्रमुख घिमिरेद्वारा राजीना



प्रदेश पुर्वाधार विकास प्राधिकरणका प्रमुख घिमिरेद्वारा राजीना

दाङ १४ चैत । लुम्बिनी प्रदेश पुर्वाधार बिकास प्राधिकरणका प्रमुख अनन्तराज घिमिरेले राजिनामा दिएका छन् । उनलेे लुम्बिनी प्रादेशिक अस्पतालको टेण्डर विवादको दबाबका बीच प्राधिकरणका प्रमुख सिओले राजिनामा दिएका हुन । राजिनामा दिंदै उनलेे भने,” दलालहरुको दलाल बन्नु पर्ने रहिछ । म त्यो बन्न सकिन । त्यसैले मैले राजीनामा दिए ।”

साथै उनले लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्का सम्झौता ताेडेकाे छ । सोमबार प्राधिकरणको बसेको बैठकले सम्झौता ताेड्ने निर्णय गरेको उनले बताए । अस्पतालको ७ सय करोडको ठेक्का हुँदा प्रदेश सरकारलाई करिब १५० करोड घाटा लाग्ने अबस्थामा देखिएपछी उक्त सम्झौता ताेडिएको घिमिरेले बताए । घिमिरे प्रदेश पुर्वाधार प्राधिकरणको सिओमा गत असोज २४ गते नियुक्त भएका छन् । राजिनामा दिएका घिमिरेले अब आफू कुनै पनि राजनीति दलमा आबद्ध नरहेर स्वतन्त्र रहेको समेत बताएका छन् । घिमिरे नेकपा माओवादीमा २०५६ सालदेखि आवद्व रहँदै आएको उनलेे बताए ।

६ महिनाको अबधिमा उनलेे लुम्बिनी प्रदेशको राजधानीको गुरुयोजना, जग्गा एकीकरण तथा बिकास कार्यबिधी, राप्ती प्रादेशिक अस्पतालको डिपिआर, नेत्रलाल खेलकुद स्टिडियम लगायतका कामहरु गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे