LISTEN LIVE RADIO

प्यूठानमा बाँदर धपाउन हानेको गोली लागेर एक बृद्धकाे मृत्यु



प्यूठानमा बाँदर धपाउन हानेको गोली लागेर एक बृद्धकाे मृत्यु

प्यूठान १० कार्तिक । बाँदर धपाउन हानेको गोली लागेर प्युठानको डामृमा एक वृद्धको मृत्यु भएको छ । आज बिहान ३३ वर्षका हेमलाल सुनारले बाँदर धपाउन हानेको गोली लागेर ७१ वर्षका बलबहादुर सुनारको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आफूले हानेर गोली लागेर काकाको ज्यान गएपछि हेमलाल आफै प्रहरीकोमा गएका हुन् । प्रहरीले अनुसन्धान थालेको जनाएको छ । गोली लागेर ज्यान गुमाएका बलबहादुर पनि बाँदर धपाउन कुकुर लिएर घर नजिकै बारीमा गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे