जसपाका केन्द्रीय सदस्य हरि रिजाललाई केहीदिन देखि निरन्तर ज्यानमार्ने धम्की



जसपाका केन्द्रीय सदस्य हरि रिजाललाई केहीदिन देखि निरन्तर ज्यानमार्ने धम्की

तुलसीपुर ९ चैत । जनता समाजबादी पार्टी नेपालका केन्द्रीय सदस्य हरि रिजाललाई बिगत केही समय यता निरन्तर धम्कि आइरहेको तथ्य उजागर भएको छ । रिजाल संगै उक्त पार्टीका संघीय परिषद सदस्य जिवन भण्डारीलाई समेत एमसिसी पारित गर्न सघाएको चेतावनी स्वरुप त्यस्तो चेतावनी फागुन ३० गते चिठ्ठी मार्फत दिइएको छ । अंग्रजीमा लेखिएको उक्त चिठी कम्प्यूटर गरिएको छ ।

अंग्रेजीमा लेखिएको चिठ्ठीमा रिजाल र भण्डारीलाई दाङबाट एमसिसी पारित गर्न सघाएको आरोप लगाइएको छ । अमेरिकी दलाल र देश बेचुवाको संज्ञा दिंदै ज्यान लिनेसम्मको धम्कि दिइएको छ । त्यस्तै उक्त चिठ्ठीको अन्त्यतिर फार्ममा कामगर्ने केटा जनकलाई सुरक्षित स्थानमा सार्न भनिएको छ ।

त्यसपूर्व तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ नयाँ गाउँस्थित हरि रिजालको ड्रागन फ्रुटको फार्ममा फागुन २७ गते बेलुका ६ बजे बम फेला परेको थियो । त्यो दिन रिजाल काठमाडौंमा थिए ।

फार्म भित्र बम रहेको खबर रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाको झुला घर भइ हाल तुलसीपुर ४ स्थित रिजालकै फार्ममै बस्दै आएका २४ बर्षीय जनक देबकोटाले जानकारी दिएका थिए । रिजालले खबर पाउनासाथ तत्काल प्रहरीलाई खबर गर्न र फार्ममा जान भण्डारीलाई आग्रह गरे । रिजाल तुलसीपुरस्थित राप्ती लाइभ केयर हस्पिटलका अध्यक्ष हुन भने भण्डारी निर्देशक ।

भण्डारीले रिजालले भनेजस्तै गरि प्रहरीलाई खबर गरे । रातिमा बम निष्कृय पार्न संभव नभएपछि बिहानै गर्ने भनेर राति १२ बजेपछि सुरक्षाकर्मी फर्किए । सुरक्षाकर्मी अर्कौ दिन बिहानै पुग्दा फार्म प्रबेश गर्ने गेट नजिकै अर्कौ त्यस्तै बम थियो । सेनाले डिस्पोज गर्यो । दुबै बम नक्कली भएको थाहा भयो ।

फेरि चैत ६ गते बेलुकी ६ बजेतिर रिजालको मोबाइलमा म्यासेज आयो । त्यसमा ड्रागन फ्रुटको फार्ममा काम गर्ने देवकोटाच आफ्नो नियन्त्रणमा रहेको सूचना दिइएको थियो । त्यस्तै जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई आँफुहरु बिरुद्ध ट्विइट गर्न लगाइएको भनेर धम्किसमेत दिइएको छ ।

त्यही दिन राति साढे ११ बजेतिर फेरि अर्कौ म्यासेज आयो । जस्मा चैत १ गते बिहान १० बजेतिर दाङ– सल्यान सडक खण्डको तुलसीपुर–३ स्थित राम्री क्षेत्रको जंगलको मुलकोटको मुहान क्षेत्रमा ५० लाख रुपैंया फिरौति बाफतको रकम लिएर भनिएको छ । त्यो म्यासेजमा बुटवल बस्त्रालयको साहु राजेन्द्र श्रेष्ठको अपहरण पछिको हत्या प्रशंग जोड्दै प्रहरीलाई खबर गरे आफ्नो नियन्त्रणमा रहेका युवक जनकलाई सिध्याइदिने चेतावनी कुरा लेखिएका छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे