दाङमा एक व्यक्ति माथि सामुहिक कुटपिट



दाङमा एक व्यक्ति माथि सामुहिक कुटपिट

दाङ ९ कार्तिक । दाङमा एक व्यक्तिमाथि सामुहिक कुटपिट भएको छ । घोराही उपमहानगरपालिका–४ लक्ष्मीपुर निवासी बामदेव जीएममाथि गएराती ८÷१० जनाको समुहले सामुहिक आक्रमण गरेको हो ।

घोराहीबाट घर पुगेपछि घरमा मोटरसाइकल राख्ने क्रममा मोटरसाइकलमा आएको समुहले उहाँमाथि आक्रमण गरेको परिवारले जनाएको छ ।उनलाई मदिरा सेवन गरेर आएको समुहले घरेलु हतियार प्रहर गरी घाइते बनाएको हो । उनको टाउकोमा गम्भिर चोट लागेको छ ।

नचिनेका समुहको आक्रमणबाट गम्भिर घाइते उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीमाथि आक्रमण गर्ने समुहको खोजि गरी तत्काल पक्राउ गरि कार्बाही गर्न परिवारले प्रहरी प्रशासनलाई जानकारी गरिसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे