LISTEN LIVE RADIO

देउखुरीकाे काेइलाबास नाकाबाट अवैध भरूवा बन्दुक र हातहतियार बरामद



देउखुरीकाे काेइलाबास नाकाबाट अवैध भरूवा बन्दुक र हातहतियार बरामद

शिवु खनाल, देउखुरी ८ कार्तिक ।

भारतसँग जाेडिएकाे दाङको काेइलाबास नाकाबाट गए राति दशबजे लाेड गरिएको एक नाल भरूवा बन्दुक सहित विभिन्न अवैध हात हतियारहरू सशस्त्र प्रहरीले बरामद गरेकाे छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोइलाबासनाकाका प्रमुख माधवप्रसाद ढुङगेलकाे कमान्डमा खटि गएको पटाेल (गस्ती) टाेलिले गढवा गाउँपालिका वडा नम्बर ८ दुर्गा समुदायिक भालुखाेला जंगल बाेर्डर क्षेत्रमा पटाेल (गस्ती)गर्ने क्रममा गस्ती टाेलीलाई देख्नेबित्तिकै अवैध हतियार छाेडेर एकजना भारततर्फ भगेपछि लाेड गरिएको एक नाल भरूवा बन्दुक, बन्दुकमा प्रयोग हुने २१ थान गाेली, बारूध दुई डिब्बा, तिनवटा केप, खुकुरी एक थान र एक थान चक्कु बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोइलाबासनाकाका प्रमुख माधवप्रसाद ढुङगेलले जानकारी दिए ।

चार्डपर्वकाे बेला कुनै पनि अपराधी घटना घटाउने सक्ने वा नेपाल भारत सिमाक्षेत्रमा जंगली वन्यजन्तुकाे अवैध चाेरी सिकारी गर्न सक्ने मनसाय बुझिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोइलाबासनाकाका प्रमुख माधवप्रसाद ढुङगेलले बताए । शनिबार उक्त हातहतियारहरू आवश्यक कार्वाहीकाे लागि इलाका प्रहरी कार्यालयलाई बुझाइएको सशस्त्र प्रहरी बल २९ नम्बर गण हेकुवा ज्वालामाई गण भालुवाङ्का एपि टाेपबहादुर खनालले जानकारी दिए ।

‘भारतसंग जोडिएको मुख्य कोइलाबास नाका पूर्णरुपमा आवत जावतमा बन्द छ । नाकाको अन्य बैकल्पिक बाटो प्रयोग गरेर तस्करीहरुले गर्ने तस्कर र सिमा अपराध नियन्त्रण गर्नको लागी मुसि, खबरी र गुरुङ्नाकामा पन्ध्रजनाको दरले पैतालिस जना सशस्त्र प्रहरी बल परिचालित गरिएको छ ।

‘अपराध नियन्त्रण गर्न हामीले भारतीय एस.एस.वि.संग सहकार्य गरि रातदिन गस्तीलाई तिब्रता दिएका छाैँ, सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोइलाबासनाकाका प्रमुख माधवप्रसाद ढुङगेलले भने ।´ यसभन्दा अगाडि काेइलाबासनाकाबाट ५८ वटा खसी नियन्त्रणमा लिइएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे