LISTEN LIVE RADIO

दाङ प्रहरीकाे ऐतिहासिक सफलता, घाेराही कारागारबाट भागेका कैदी यमराज पक्राउ



दाङ प्रहरीकाे ऐतिहासिक सफलता, घाेराही कारागारबाट भागेका कैदी यमराज पक्राउ

दाङ १० माघ । दाङ प्रहरीले ऐतिहासिक ठुलाे सफलता हासिल गरेकाे छ । जिल्ला प्रहरी कार्यालय दाङले घाेराही कारागारबाट भारत भागेका कैदी यमराज परियारलाई भारत मै गई पक्राउ गर्न सफल भएकाे छ ।याे सफलताले दाङ प्रहरीकाे इतिहासमा अहिले सम्मकै ऐतिहासिक तथा ठुलाे सफलताकाे रूपमा लिईएकाे छ ।                                                              एक महिना पहिले कारागारबाट अस्पताल जाने भनी निकालिएका परियार भागेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय दाङ्का डिएसपी मुकुन्द रिजालको कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट पक्राउ गरेको हो ।                                                      जिल्ला प्रहरी कार्यालय दाङले आज साेमबार घाेराहीमा पत्रकार सम्मेेलन गरी घटनाकाे बिषयमा जिल्ला प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्ले जानकारी दिएका छन्।

कारागारका नाइके समेत रहेका कैदि परियार अस्पताल नगैइ उनलाई लिएर जाने प्रहरी जवान धनबहादुर चौधरी घोराही कै थकाली भान्सा घरमा दुई जना महिलालाई लिएर गएका थिए । तेही होटलबाट परियार प्रहरी जवान चौधरीको मोटरसाइकल लिएर भागेका थिए ।

कैदी भागेको प्रकरणमा प्रहरी जवान चौधरी र एक महिला कारागार चलान भएका छ्न । त्यसैगरि जेलर युवराज परियार, सुरक्षा प्रमुख असइ रुद्र सेन ठकुरी, हवल्दार गणेश थारु निलम्बन छ्न ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे