दाङ देउखुरीका थारु बस्तीमा माघीको रौनक



दाङ देउखुरीका थारु बस्तीमा माघीको रौनक

देउखुरी २८ पुस । माघी पर्व नजिकिए सँगै दाङ देउखुरीका थारु समुदायका बस्ती माघीमय बन्दै गएका छन् । थारुहरुको सबैभन्दा ठूलो पर्व माघ नजिकिएको छ । जसले गर्दा थारु समुदायका विभिन्न बस्ती यतीबेला माघीमय बन्दै गएको हो । थारु समुदायका महिलाहरु अहिले घर लिपपोतका साथै ढिक्री, रोटी तयार गर्नमा व्यस्त रहेका छन् । भने पुरुषहरु माघका लागि मासुको जोहो गर्न जुटेका छन् ।

नयाँवर्षको रुपमा उल्लासका साथ मनाइने माघी पर्व आउन दुई दिन मात्र बाँकी रहदा चहलपहल थारु बस्तीमा बढेको छ । माघी थारु समुदायको विषेश पर्व भएकाले हर्ष उल्लासका साथ मनाउने तयारी गरिएको छ । माघीमा आफन्त आउने भएको हुनाले उनीहरुको सत्कारका लागि सम्पुर्ण तयारी पुरा भएको छ । पछिल्लो समय कोरोना संक्रमण दर बढदै गएपछि थारु बस्तीमा हुने माघी महोत्सव कार्यक्रम,सभा सम्मेलन भने स्थगित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे