सजगता अपनाउदै चाड पर्ब मनाउन राप्ती गाउँपालिकाको अनुरोध



सजगता अपनाउदै चाड पर्ब मनाउन राप्ती गाउँपालिकाको अनुरोध

ओमप्रकाश गुप्ता, भालुवाङ ३ कार्तिक ।

दाङको राप्ती गाउँपालिकाले चाडपर्व मनाउँदा सजगता अपनाएर मनाउन राप्ती गाउँपालिकाबासीहरुलाई अनुरोध गरेको छ । गाउँपालिकाले एक सुचना निकालेर यस्तो अनुरोध गरेको हो ।

पछिल्लो समय विश्वब्यापी रुपमा कोरोना भाइरस (कोभिड १९) ले जनजिवन प्रभावित भइरहेकाले यस संकटबाट नागरिकलाई सुरक्षित राख्न स्थानिय सरकार भरपुर रुपमा लागिरहेको अवगत गराउँदै महामारीबाट बच्नका लागि सबै सचेत र सजग हुँदै घरआगनमा चाड पर्बको भइसकेकाले वडा दशै तथा दिपावलीमा घरमै नित्य पुजाआजा गरी मठमन्दिर, बलि दिने स्थानमा जमघट तथा भिडभाड नगरी फोन मार्फत शुभकामना आदान प्रदान गरी चाडपर्व मनाउन गाउँपालिकाले सवैमा अपिल गरेको छ ।

त्यसै गरी गाउँपालिकाले यस्तो बेला भोजभतेर, शुभकामना आदान प्रदान जस्ता औपचारीक कार्यक्रम नगर्न, जुवातास चिट्ठा नखेल्न, मादकपदार्थ सेवन गर्न रोक लगाईएको हुनाले कानुन बन्देज गरेको काम नगर्न नगराउन अनुरोध पनि गरेको छ ।

त्यसै गरी अस्वस्थकर खाद्य सामाग्री खरिद तथा बेचबिखन नगर्न, चाडवाडको बेला खरिद विक्रीको समयमा सामाजिक दुरी कायम गर्न, अधिक होहल्ला नगर्न तथा अनावस्यक काममा घर बाहिर ननिस्कन निस्कनै परे मास्क वा सेनिटाइजर प्रयोग गर्न तथा सावुन पानीले मिचीमिची हात धुन पनि अनुरोध गरेको छ । साथै गाउँपालिकाले शुभ विजयादशमी २०७७ को सबैमा शुभकामना समेत ब्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे