LISTEN LIVE RADIO

देउखुरीकाे अमिलियाबाट नक्कली नोट सहित तीन जना पक्राउ



देउखुरीकाे अमिलियाबाट नक्कली नोट सहित तीन जना पक्राउ

प्रियास्मृती गजमेर, लमही ३ कात्तिक ।

दाङ प्रहरीले नक्कली नोट सहित तीन जनालाई पक्राउ गरेको छ । देउखुरीकाे लमही नगरपालिका वडा नं. ९ अमिलियाबाट एक जना महिला र दुई जना पुरुषलाई पक्राउ गरेको स्रोतले बताएको छ ।

पक्राउ परेका ती तीन जना बाँकेको कोहलपुर देखि दाङको अमिलिया तर्फ आइरहेको र उनिहरुको साथमा नक्कली नोट रहेको सुचनाको आधारमा जिल्लाको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । अहिले उनीहरुलाई इलाका प्रहरी कार्यालय अमिलियामा राखिएको छ ।

अनुसन्धान भइरहेकाले उनीहरुको नाम गोप्य राखिएको छ । इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक खिम बहादुर घर्ती मगरले भने ‘उनीहरुको ठग्ने उद्देश्य देखिन्छ, बाहिरी भागमा डलर र भित्र कागज जस्तो देखिन्छ, केही बेरमा जिल्लाको टोली आउदैछ, अझै ती नोटहरु गिन्ती गर्न बाँकी रहेकोले कति छन भनेर भन्न सकिएको छैन् ।’

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे