LISTEN LIVE RADIO

दाङमा बाघको छालासहित २ युवक पक्राउ



दाङमा बाघको छालासहित २ युवक पक्राउ

 दाङ ६ मंसिर । दाङ प्रहरीले प्रतिबन्धित वन्यजन्तु बाघको छालासहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार ७ बजेको समयमा घोराही उपमहानगरपालिका १६ गरुवा चोकबाट बाघको छालासहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका ५ रानीजरुवा निवासी ३१ वर्षिय महेन्द्र खड्का र राजपुर गाउँपालिका ६ निवासी ३८ वर्षिय सूर्य बहादुर चौधरी रहेका छन् ।

रा ३ प २६६ नम्बरको मोटरसाइकलमा लुकाई छिपाई ल्याउदै गरेको आंशकाका आधारमा चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट टाउकोदेखि पुच्छरसम्म ८ फिट २ इन्च लम्बाई र १ फिट ८ ईन्च चौडाई भएको छाला र विभिन्न कम्पनीका मोबाइल सेट ३ थान बरामद गरेको प्रहरीले बताएको छ । उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे