LISTEN LIVE RADIO

कोहलपुरको एक होटेलबाट चितुवाको छाला सहित तीन जना पक्राउ



कोहलपुरको एक होटेलबाट चितुवाको छाला सहित तीन जना पक्राउ

बाँके १३ कात्तिक । बाँकेमा चितुवाको छाला सहित तीन जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रविन्द्र खनालका अनुसार चितुवाको छाला एक थान र १ किलो ४० ग्राम चितुवाको हाडसहित पक्राउ गर्न सफल भएको हो ।

वन्युजन्तु चितुवाको छाला र हाडको ओसार पसार भैरहेको भन्ने विशेष सुचनाका आधारमा प्रहरी टोलीले कोहलपुर ११ स्थित सागर गेष्ठ हाउसको कोठा नम्बर २०५ मा छापा मार्दा तीनजनालाई प्रकाउ गरेको हो ।

पक्राउ परेकाहरुमा बाँके राप्तीसोनारी ९ का ३५ वर्षिय हिरासिंह विक, सुर्खेत पंचपुरी नगरपालिका ७ बस्ने २४ वर्षका रमेश बयक र सोही ठाउँका २८ वर्षका बसन्त बिसी रहेका छ । उनीहरु माथी थप अनुसन्धान भैरहेको डीएसपी रविन्द्र खनालले बताए । यस अधि अस्ति मात्र ६ जुवाडे लाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे