भारतको केरलामा बाढी पहिरोमा परि ज्यान गुमाउनेको संख्या २६ पुग्यो



भारतको केरलामा बाढी पहिरोमा परि ज्यान गुमाउनेको संख्या २६ पुग्यो

काठमाण्डाै १ कार्तिक । भारतको दक्षिणी राज्य केरलामा वर्षा र त्यसपछिको बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या २६ पुगेको छ । अझै केहि बेपत्ता छन् ।

केरलाका दुई जिल्ला इदुकी र कोट्याममा बाढी र पहिरोले जनधनको क्षति गरेको छ । बाढीका कारण स्थानीय सडक बन्द भएका छन् । विद्युत् सेवा पनि प्रभावित भएको छ । सडक, सञ्चार प्रभावित हुँदा शहर र गाउँको सम्पर्क विच्छेद भएको बीबीसी हिन्दीले जनाएको छ । राहत तथा उद्धारका काममा सुरक्षाकर्मी खटिएका छन् ।

सन् २०१८ मा केरलामा एक शताब्दीयताकै ठूलो बाढी आउँदा झण्डै चार सय जनाको ज्यान गएको थियो भने १० लाखभन्दा धेरै नागरिक विस्थापित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे