LISTEN LIVE RADIO

लमहीमा नाला बाहिर सामान राखी पसल सञ्चालन नगर्न आग्रह



लमहीमा नाला बाहिर सामान राखी पसल सञ्चालन नगर्न आग्रह

लमही ३ असाेज । देउखुरी उद्योग बाणिज्य संघ लमहीले नालाभन्दा बाहिर सामान राखी पसल सञ्चालन गर्दै आएका लमही बजारका व्यवसायीलाई स्थान खाली गर्न आग्रह गरेको छ । संघका अध्यक्ष खगेश्वर खनालको नेतृत्वमा आईतवार बजारमा उत्रिएका सम्पूर्ण टोलीले स्थलगत अनुगमन एवम् निरिक्षण ति सामान हटाउन अनुरोध गरेको हो ।

उक्त स्थानमा व्यापारीहरुले विगत वर्षदेखि अस्थायी टहरा निर्माण गरेर व्यवसाय सञ्चालन गर्दै आएका छन् । नालाभन्दा बाहिर अस्थायी रुपमा पसल संचालन गरिएको कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त देखि बजार कुरुप देखिन थालेपछि देउखुरी उद्योग बाणिज्य संघ लमहीले यसलाई रोक्ने प्रक्रिया शुरु गरेको अध्यक्ष खनालले बताए ।

नाला भन्दा वाहिर सामान राख्नेहरु, सडक किनारमा ठेला व्यवसाय गर्नेहरुलाई आफ्नो ब्यवसायलाई निश्चित ठाउँमा राख्न अनुरोध गरेका थियौं । कतिले पालना गर्नु भयो तर, केहिले अटेर गरेपछी सडकमै उत्रनु परेको हो, देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खनालले भने ।

उपभोक्ताको चहलपहल बजारमा वढ्दै जाँदा सडक साँघुरो हुने गरी गरिएका सडक व्यापारले दुर्घटना निम्तिने खतरा बढेको भन्दै सडकको क्षेत्र मिचेर बनाइएका संरचनालाई हटाउदै फराकिलो सडक बनाउन जरुरी रहेको वरिष्ट उपाध्यक्ष कमल जंग सिंह ठकुरीले बताए ।

त्यस्तै संघका उद्योग उपाध्यक्ष केशबराज पोख्रेलले यो अभियानले सुरुमा कैसको चित्त दुख्न सक्छ तर, भविस्यमा यसले राम्रो फाईदा पुग्ने बताए। बजार वासी नै आफ्नो बजार सुधार गर्न अघि नसर्दा सम्म हामी पछीको पछी हुन्छौं, लमही बजारमा दिनप्रतिदिन व्यवसाय तथा बैंक एवम् वित्तिय संस्था पहिलेको तुलनामा थपिंदै गएकोले अब व्यवसायी पनि सजग हुनु पर्ने संघका महासचिव लेखराज केसीले बताए ।

व्यवसायीहरुले आफूहरुको उचित व्यवस्थापन हुनुपर्ने माग राखेका छन। साथै, बजारका सम्पूर्ण व्यवसायीलाई समान व्यवहार गर्न उनीहरुले देउखुरी उद्योग बाणिज्य संघ लमहीलाई आग्रह गरेका छन । नगरपालिकाले छलफल नै नगरी केही महिना अगाडि टहरा हटाउन गरेको निर्णयले आफूहरुको रोजीरोटी गुम्ने स्थानीय व्यापारीहरुले बताउछन ।

त्यतीमात्रै नभइ नगरपालिकाले आफुखुसि आफूहरुको टहरा हटाएर व्यवसाय बन्द गर्ने हो भने झन्डै एक हजार जनाको दैनिकी नै संकटमा पर्ने भन्दै दुखेसो पोखे । देउखुरी उद्योग बाणिज्य संघ लमहीले व्यवस्थित गरे आफूहरु राज्यको नियम अनुसार व्यवसाय गर्न तयार रहेको बताउछन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे