LISTEN LIVE RADIO

एमसीसीको खारेजीको माग गर्दै राप्ती गाउँपालिकामा वृहत मोटरसाइकल ¥याली निकालिदै



एमसीसीको खारेजीको माग गर्दै राप्ती गाउँपालिकामा वृहत मोटरसाइकल ¥याली निकालिदै

भालुवाङ २८ भदौ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) को विरोधमा भोली दाङ देउखुरीको राप्ती गाउँपालिकाको भालुवाङ देखि सिसहनियाँ बजार सम्म वृहत मोटरसाइकल ¥याली निकालिने भएको छ ।

राष्ट्रप्रेमी तथा देशभक्त नागरिक नाम दिएर नो एमसीसी, गाे व्याक एमसीसी भन्दै विरोध कार्यक्रम हुन लागेको संयोजक अशोक बेल्वासेले जानकारी दिएका छन् । एमसीसी नेपालको राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता र नेपाली नागरिकको अधिकारको विरुद्धमा रहेको उल्लेख गर्दै त्यसलाई स्वीकार गर्ने पक्षमा कुनै पनि नेपाली नरहेको भन्दै त्यसको विरुद्धमा विरोध स्वरुप वृहत मोटरसाइकल ¥याली निकाल्न लागिएको बेल्वासेले बताएका छन् ।

अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि लागू गर्ने यस सम्झौताको विरुद्धमा उभिन सम्पुर्ण देशभक्त नागरिकहरूलाई भोली विहान १० बजे भालुवाङ पुल्चोक बजारमा मोटरसाइकल सहित सहभागी हुन बेल्वासेले आह्वान समेत गरेका छन् । विहान १० बजे भालुवाङबाट सुरु हुने मोटरसाइकल ¥याली लालमटिया, मौरीघाट र सिसहनियाँमा ५÷५ मिनेट विरोध सभा गरी पुन भालुवाङ बजारमा आइ कोणसभा गर्ने कार्यक्रम तय भएको संयोजक बेल्वासेले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे