LISTEN LIVE RADIO

नयाँबस्ती संघर्ष समितिद्धारा डिभिजन वन कार्यालय देउखुरी लमहीलाई ध्यानाकर्षण पत्र



नयाँबस्ती संघर्ष समितिद्धारा डिभिजन वन कार्यालय देउखुरी लमहीलाई ध्यानाकर्षण पत्र

देउखुरी २८ भदौ । राप्ती गाउँपालिकाको वडा नम्बर २ र ३ लाई लक्षित गरी सुकुम्बासी बस्तीलाई विस्थापित गर्न खोजेको भन्दै आन्दोलनरत सुकुम्बासीहरुले आन्दोलन जारी राखेका छन् । यसै क्रममा सोमवार डिभिजन वन कार्यालय देउखुरी लमहीलाई नयाँबस्ती संघर्ष तथा समन्वय समितिले ध्यानाकर्षण पत्र बुझाएको छ ।
समितिका संयोजक तुला गिरी र सदस्य दलबहादुर घर्तीले डिभिजन वन कार्यालय देउखुरीका प्रमुख बेसिन्द्रराज सुवेदीलाई उक्त पत्र बुझाएका छन् । ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख सुवेदीले प्रदेश सरकारको परिपत्र अनुसार आफुले कार्यान्वयन मात्र गरेको बताएका छन् ।

माथि बाट जे आदेश आउँछ मैले त्यही गर्ने हो प्रमुख सुवेदीले भने । अहिले १५ दिने सुचनालाई कार्यान्वय नगर्नु पनि निर्देशन भएकोले सुचनालाई स्थगित गरेको बताए । डिभिजन वन कार्यालयले भदौ २१ गते सार्वजनिक सूचना जारी गर्दै राप्ती गाउँपालिका वडा नं. २ र ३ को वन क्षेत्र भित्र बसोवास गर्दै आएकाहरुको संरचना १५ दिन भित्र खाली गर्न अल्टिमेटम दिएको थियो ।

तर, भूमिहिन सुकुम्वासीहरुले नयाँ अतिक्रमण नभई पुरानो बसोवास भएको क्षेत्र भएकाले कुनैपनि हालतमा हटाउन नमिल्ने, त्यसका विरुद्ध अझ कडा संघर्षमा उत्रने चेतावानी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे