राप्ती गाउँपालिका क्षेत्रका पत्रकारहरुले पाए समाचार डायरी



राप्ती गाउँपालिका क्षेत्रका पत्रकारहरुले पाए समाचार डायरी

ओमप्रकाश गुप्ता, भालुवाङ २९ असोज । दाङको राप्ती गाउँपालिका क्षेत्र भित्रका पत्रकारहरुले समाचार डायरी पाएका छन् । भालुवाङमा स्थायी घर भई हाल एन.आई.सी साइमन सानेपा ललितपुरमा म्यानेजर पदमा कार्यरत वरिष्ठ डा. कासिम शाहाले उपलब्ध गराएको समाचार डायरी बिहिवार एक कार्यक्रमका बिच क्रियाशिल ७ जना पत्रकारहरुलाई उपलब्ध गराइएको छ ।

नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ५ का प्रदेश पार्षद महेश रिजालको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ डा. शाहाका माइला बुवा मोहम्मद शाहाले नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ५ का प्रदेश पार्षद तथा नयाँ युगबोध राष्ट्रिय दैनिकका भालुवाङ प्रतिनीधि महेश रिजाल, देउखुरी टुडेका प्रकाशक÷सम्पादक सन्तोषकुमार गुप्ता, राप्ती दर्पण टेलिभिजनका समाचार प्रमुख ओमप्रकाश गुप्ता, एवीसी सञ्चार अनलाइनका प्रतिनिधि बिदुर एमसी, राप्ती अनलाइनका भिसुन शाही, राप्ती पोष्ट राष्ट्रिय दैनिकका प्रतिनिधि जमिर शाहा, देउखुरी टुडेका प्रतिनिधि रितु राना लगायतका पत्रकारहरुलाई समाचार डायरी हस्तान्तरण गरेका हुन् ।

डायरी हस्तान्तरण कार्यक्रममा बोल्ने वक्ताहरुले डायरी उपहार पाउँदा आफुहरुमा अझ बोझ थपिएको बताउँदै अब यस क्षेत्रका पत्रकारहरुले लुम्बिनी प्रदेशको राजधानीलाई टेवा पुग्ने खालका समाचारहरु बढी भन्दा बढी लेख्नु पर्ने बताएका थिए । साथै उनीहरुले सकरात्मक विषयवस्तुको उठ्ठान गर्दा सवै पत्रकारहरु एक ढिक्क भएर अगाडी बढ्नु पर्ने बताएका थिए । समाजमा हुने हरेक खाने गतिविधिहरुलाई बाहिर ल्याउने काम मिडियाले गर्ने भएकाले राम्रो पक्षको कामलाई उत्साह थप्ने र नराम्रा पक्षको कामलाई भण्डाफोर गर्न सक्नुपर्ने सुझाव समेत दिएका थिए ।

सो अवसरमा नेकपा प्रदेश सदस्य अहम्मद अब्दुल रउफ, देउखुरी टुडेका प्रकाशक÷सम्पादक सन्तोषकुमार गुप्ता, राप्ती दर्पण टेलिभिजनका समाचार प्रमुख ओमप्रकाश गुप्ता, एवीसी सञ्चार अनलाइनका प्रतिनीधि विदुर एमसी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । राप्ती अनलाइनका प्रतिनीधि भिसुन शाहीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन राप्ती पोष्ट राष्ट्रिय दैनिकका प्रतिनिधि जमिर शाहाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे