LISTEN LIVE RADIO

दाङबाट ९६५१ परीक्षार्थी कक्षा १२ को परीक्षामा सहभागी हुँदै



दाङबाट ९६५१ परीक्षार्थी कक्षा १२ को परीक्षामा सहभागी हुँदै

दाङ १४ साउन ।  कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने भएपछि दाङका ७५ विद्यालयबाट ९ हजार ६ सय ५१ जना परीक्षार्थीले कक्षा १२ को परिक्षा दिने भएका छन् । ४३ सामुदायिक विद्यालय र ३२ संस्थागत विद्यालयका ९ हजार ६ सय ५१ जना विद्यार्थीले कक्षा १२ को परिक्षा दिन लागेको परिक्षा बोर्ड दाङ शाखाका प्रमुख रामलाल खड्काले जानकारी दिए ।

प्रमुख खड्काका अनुसार नियमित तर्फ ९ हजार ३१ र आंशिक तर्फ ६ सय २० जनाले परिक्षा दिने छन् । कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्य नजर गर्दै यस पटक होमसेन्टरबाटै परीक्षा लिने तय भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परिक्षा यहि साउनको ३१ गते देखि भदौको ९ गतेसम्म सञ्चालन हुदैछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे