LISTEN LIVE RADIO

देउखुरी सहकारीको ५ करोड हिनामिना मुद्धामा ४ कर्मचारीलाई पूर्पक्षका कारागार चलान



देउखुरी सहकारीको ५ करोड हिनामिना मुद्धामा ४ कर्मचारीलाई पूर्पक्षका कारागार चलान

भालुवाङ १४ असार । सहकारीको पाँच करोड बढी रकम हिनामिना मुद्दामा दाङ जिल्ला अदालतले चार जना कर्मचारीलाई पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ ।

राप्ती गाउँपालिका वडा नं. ५ स्थित देउखुरी बचत तथा ऋण सहकारी संस्थाका सह–लेखापाल २९ वर्षीय विक्रम राना, ऋण फाँटका प्रमुख ३३ वर्षीय प्रताप चौधरी, ऋण फिल्ड सहायक ३६ वर्षीय मणिराम भण्डारी र लेखापाल ३७ वर्षीय विकास न्यौपानेलाई आइतबार अदालते पूपक्षका लागि थुनामा पठाएको हो ।

जिल्ला न्यायाधिश ऋतेन्द्र थापाको इजलाशले सह–लेखापाल रानाकी २७ वर्षीया श्रीमती उषा राना थापालाई भने साधारण तारेखमा छोड्न आदेश दिएको छ । जिल्ला अदालतका सूचना अधिकारी धनसिंह गिरीले अब अदालते फरारको सूचिमा रहेका अन्य २० जना बिरुद्ध एक दूई दिन भित्रै पक्राउ पूर्जी जारी गर्ने जानकारी दिए ।

सहकारीका सदस्यहरूले आँफुहरुको पाँच करोड बढी रकम हिनामिना गरेको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २५ जनालाई प्रतिबादी बनाएर मुद्दा दायर गरेका छन् ।

तर, गाउँपालिकाका अध्यक्ष सुबेदीले बिज्ञप्ति मार्फत आफु कुनै दिन एउटा सहकारीको संस्थापक तथा जिम्मेवार पदमा रहेर काम गरेको भएपनि बिगत ५ बर्ष यता कुनैपनि पदमा नरहेको जानकारी दिएका छन् ।

उनले बिज्ञप्तिमा मार्फत रकमहिनामिना प्रकरणमा आँफु निर्दोश रहेको र एकाध कर्मचारीले प्रबिधिको गलत प्रयोग गरि रकम हिनामिना गरेको भन्ने कुरा सुनेको हुँदा दोषीलाई कारबाही हुनुपर्ने माग गरेका छन् ।

यो पनि  पढ्नुहोस ।

चरित्रहत्या गर्ने गरी आएका समाचार प्रति अध्यक्ष सुवेदीद्धारा गम्भीर ध्यानाकषर्ण

राप्ती गाउँपालिकाका अध्यक्ष सहित २५ जनालाई प्रतिबादी बनाई मुद्दा दायर

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे