स्थायी राजधानीमा पुर्वाधार विकास प्राधिकरणको कार्यालय स्थापनाका लागि अध्ययन सुरु



स्थायी राजधानीमा पुर्वाधार विकास प्राधिकरणको कार्यालय स्थापनाका लागि अध्ययन सुरु

ओमप्रकाश गुप्ता, भालुवाङ २४ असोज । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा पुर्वाधार विकास प्राधिकरणको कार्यालय स्थापनाका लागि अध्ययन सुरु भएको छ । स्थायी राजधानीको ब्यवस्थापनका लागि राप्ती गाउँपालिकाका, शितगंगा नगरपालिका र गढवा गाउँपालिकाको विभिन्न स्थानको अध्ययन सुरु गरिएको छ ।

शनिवार पुर्वाधार विकास प्राधिकरण सहितको टोलीले राप्ती गाउँपालिकाको राप्ती प्राविधिक शिक्षालय मौरीघाट, बराखुटी, लालमटिया, घण्टदेव, पाखापानी, शितगंगा नगरपालिकाको लापे, सातमारा, गढवा गाउँपालिकाको कालाकाटे पश्चिमका क्षेत्रको अवलोकन गरेको छ ।

राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, सितगंगा नगरपालिका प्रमुख सुर्यप्रसाद अधिकारी, लुम्विनी प्रदेश सांसद इन्द्रजित चौधरीले पुर्वाधार विकास प्राधिकरण सहितको टोलीलाई सम्भावित क्षेत्रको अवलोकन गराएका हुन् । पुर्वाधार विकास प्राधिकरणको कार्यालय सुचारु गर्नका लागि विभिन्न स्थानको भौतिक संरचना तथा कार्यालय क्षेत्रको सम्भाब्यता समेत खोजी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे