LISTEN LIVE RADIO

पहिरो हटाएपछि राप्ती राजमार्ग अन्तर्गत अवरुद्ध दाङ-सल्यान सडक खण्ड सुुचारु



पहिरो हटाएपछि राप्ती राजमार्ग अन्तर्गत अवरुद्ध दाङ-सल्यान सडक खण्ड सुुचारु

दाङ, ३ असार । राप्ती राजमार्ग अन्र्तगत अवरुद्ध भएको दाङ सल्यान सडक खण्ड सुुचारु भएको छ । लगातार बर्षातका कारण सल्यानको कपुरकोट गाउँपालिका ३ बसेरा नजिकै पहिरो जादा विहिवार विहानै देखी सडक अवरुद्ध भएको थियो ।

यस अघि मंगलवार राती सोहि ठाउँमा पहिरो जादा बुधवार दिनभर सडक अवरुद्ध भएको थियो । यस्तैगरी बन्गाड कुपिन्डे सडक खण्ड र कालीमाटी सडक खण्ड पनि अवरुद्ध भएको छ । सडकको विभिन्न स्थानमा पहिरो जादा सडक अवरुद्ध भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे