LISTEN LIVE RADIO

बाढीले प्यूठान र अर्घाखाँची जोड्ने पक्की पुल भत्कायो



बाढीले प्यूठान र अर्घाखाँची जोड्ने पक्की पुल भत्कायो

प्यूठान ३ असार । प्यूठानको झिमरुक नदीमा आएको बाढीले माझिदमार र चिउरेखोला जोड्ने निमार्णाधिन पक्कीपुल भत्किएको छ । प्यूठानको ऐरावती गाउँपालिका–१ माझिदमार र अर्घाखाँचीको शितगंगा नगरपालिका–७ चिउरेखोला जोड्ने निर्माणाधीन पक्कीपुल भत्किएको हो ।

सडक डिभिजन कार्यालय प्यूठानका इन्जिनियर अरुण केसीका अनुसार पुलको ३५ मिटर भाग भत्किएको छ । संघीय सरकारले विनियोजन गरेको ७ करोड १२ लाख रुपैयाँ बजेटमा ७० मिटर लामो पुल निर्माण गरिएको थियो । सो मोटरेबल पुल चार दिन अगाडि मात्रै ढलान भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे