LISTEN LIVE RADIO

कार्यविधि अनुसार नदीजन्य पदार्थ ओसारपसार गर्न दाङ प्रशासनको आग्रह (सुचना सहित)



कार्यविधि अनुसार नदीजन्य पदार्थ ओसारपसार गर्न दाङ प्रशासनको आग्रह (सुचना सहित)

दाङ २० जेठ । जिल्ला प्रशासन कार्यालय दाङले नदीजन्य ओसारपसार कार्यविधि अनुसार नै नदीजन्य पदार्थ ढुवानी गर्न आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी चिरणजीवी रानाले आज (विहिवार) सार्वजनिक सुचना जारी गदै नदिजन्य पदार्थ ब्यबस्थापन कार्यबिधि २०७५ को दफा १३ (१) ङ बमोजिमको तोकिएको समय सिमाभित्र मात्रै नदीजन्य पदार्थ ओसारपसार गर्न आग्रह गरेका छन् ।

उच्च अदालत तुलसीपुरले गएको मंगलवार प्रशासनको नाममा अन्तरिम आदेश जारी गदै कार्यविधि अनुसार नै नदीजन्य पदार्थ बोकेको सवारी साधानहरु सञ्चालन गर्न तथा चलाउन दिनु, चलाउन लगाउन भनेको थियो । नदीजन्य पदार्थ ओसारपसार र ढुवानी कार्यविधि अनुसार शहर वा वजार क्षेत्रमा नदीजन्य पदार्थ बोकेको सवारी साधन बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म चलाउन नपाईने व्यवस्था छ ।

तर गएको जेठ १४ गते जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा जारी लकडाउनलाई मध्येनजर गदै स्थानिय तहको अनुमतीमा नदीजन्य पदार्थ ढुवानीका लागि विहान ९ बजेदेखी बेलुका ६ बजे सम्म समय निर्धारण गरेको थियो । यस्तै चुन ढुङगा ढुवानीका लागी होलेरीतर्फ विहान ९ बजेदेखी बेलुका सात बजे सम्म र बंगलाचुली तर्फ बेलुकी ६ बजेदेखी राती १२ बजेसम्म समय निर्धारण गरिएको थियो ।

यस विरुद्ध उच्च अदालत तुलसीपुरमा परेको रिट निवेदन माथी सुनुवाई गदै अदालतका मुख्यन्यायधीस निता गौतम दिक्षितको एकल ईजलाशले १५ दिन भित्र लिखित जवाफ पेश गर्न अल्पकालिन आदेश जारी गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे