LISTEN LIVE RADIO

दाङमा आज थप ५२ जनामा कोरोना संक्रमण पुष्टि, ३१ जना संक्रमण मुक्त, थप १ संक्रमितकाे मृत्यु



दाङमा आज थप ५२ जनामा कोरोना संक्रमण पुष्टि, ३१ जना संक्रमण मुक्त, थप १ संक्रमितकाे मृत्यु

दाङ २० जेठ । दाङमा आज (बिहीवार) ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार १ सय ५० जनाको पिसिआर परिक्षणमा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै ४५ जनाको एन्टिजेर परिक्षण गर्दा १२ जनामा संक्रमण देखिएको छ ।

आज संक्रमित हुनेमा २१ जना महिला र ३१ जना पुरुषमा संक्रमण देखिएको हो । यस्तै बैशाख यता अहिलेसम्म ७ हजार २ सय २३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै आज ३१ जना कोरोनाका विरामी निको भएका छन् । आज निको भएका ३१ जना जनासहित जिल्लामा ६ हजार २ सय ४७ जना संक्रमण मुक्त भएका छन् ।

अहिले संक्रिय संक्रमितको संख्या ७ सय ९५ रहेको छ । कोरोनाका संक्रमित विरामीमध्ये अहिले सधिकांश संक्रमित घरमै रहेका छन् । अहिले ६ सय ६० जना होम आईशोलेशनमा बसेका छन् । त्यस्तै १ सय ३५ जना संस्थागत आईशोलेसनमा बसेका छन् ।

यस्तै केन्द्रका अनुसार आज दाङका थप १ जना संक्रमितको निधन भएको छ । बबई ६ का ५८ वर्षीय पुरुषको निधन भएको छ । यससंगै जिल्लामा संक्रमणबाट मृत्यु हुने बैशाखदेखि हालसम्म १८१ जना पुगेको केन्द्रले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे