LISTEN LIVE RADIO

सांसद शर्माद्धारा गणतन्त्र दिवसको शुभकामना



सांसद शर्माद्धारा गणतन्त्र दिवसको शुभकामना
लमही १५ जेठ । लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । शनिबार एक शुभकामना सन्देश जारी गर्दै शर्माले ऐतिहासिक दिनको सुखद अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका हुन् ।‘
जनताको संघर्ष र वलिदानले सार्थकता पाएको दिन हो । आज ऐतिहासिक संविधानसभाको पहिलो बैठकवाट गणतन्त्र घोषणा गरी दुई सय सैंतीस वर्ष लामो राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिन हो’शुभकामना सन्देशमा भनिएको छ–‘वंश परम्परामा आधारित सामन्ती राजतन्त्रको अन्त्य भइ जनताका छोराछोरीहरुले शासन व्यवस्थाको नेतृत्व गर्ने लोकतान्त्रिक परिपाटीको निर्माण लामो संघर्ष र बलिदानले सम्भव भएको हो ।
गणतन्त्र स्थापनाले सार्वभौमसत्ता पूर्णतः नागरिकमा स्थापित गरेको छ । नागरिक सार्वभौम बनेको यो दिन नेपालको राजनैतिक इतिहासको अविस्मरणीय दिन हो । गणतन्त्र केवल शासन पद्धती मात्र नभएर नागरिकको जीवन पद्धति हो । गणतन्त्रले नागरिक सम्प्रभुता स्थापित गरेको छ ।’
नेपालको संविधानले गणतन्त्रलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनव्यवस्थाका रुपमा आत्मसात गरेको छ । वास्तवमा संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धति र शैलीका रुपमा स्थापित र संस्थागत गर्न भएका प्रयासमा सबैको सार्थक सहयोग आवश्यक छ ।
शासन प्रणाली बलियो हुँदा नै दीगो शान्ति, सुशासन र समृद्धि हासिल गर्न सकिन्छ । प्रदेश सरकार स्थापनाको तीन वर्षमा देखिने र सुनिने सरकारको रुपमा स्थापित भएको छ । प्रदेशको योजनाबद्ध विकासको आधार तयार भएको छ । प्रदेश सरकार विकासको मेरुदण्ड हो भन्ने नागरिकले अनुभूति गर्न पाएका छन् शुभकामना सन्देशमा भनिएकाे छ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे