निमार्ण व्यवसायी चौधरीको निधनमा निमार्णका काम बन्द गरी आज १ दिन शोक मनाइने



निमार्ण व्यवसायी चौधरीको निधनमा निमार्णका काम बन्द गरी आज १ दिन शोक मनाइने

देउखुरी ९ जेठ । निमार्ण व्यवसायी कालीराम चौधरीको निधनमा आज एक दिनका लागि दाङमा निमार्णका काम बन्द गरी शोक मनाइने भएको छ ।

अखिल नेपाल निर्माण मजदुर संघका जिल्ला सदस्य समेत रहेका लमही नगरपालिका २ निवासी चौधरीको भएको दुखद निधनमा अखिल नेपाल निर्माण मजदुर संघ जिल्ला कार्य समिती दाङले आज १ दिनका लागि निमार्णका सम्पुर्ण काम बन्द गरी शोक मनाउने निर्णय गरेको संघका उपाध्यक्ष बसन्त नेपालीले जानकारी दिनु भएको छ । चौधरीको हिजो कोरोना संक्रमणका कारण निधन भएको थियाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे