देउखुरी एफएमका स्टेशन म्यानेजर खनाललाई ज्यान मार्ने धम्की, पत्रकार महासंघद्वारा कारवाहीको माग



देउखुरी एफएमका स्टेशन म्यानेजर खनाललाई ज्यान मार्ने धम्की, पत्रकार महासंघद्वारा कारवाहीको माग

लमही ८ जेठ । पत्रकार महासंघका कार्यसमिति सदस्य तथा रेडियो देउखुरीका स्टेसन म्यानेजर शिवराज खनाललाई ज्यान मार्ने धम्की आएको छ ।

दर्शन स्वर्गद्धारी एग्रोभेट सेन्टरका सञ्चालक तथा लमही नगरपालिकाका पशु उपशाखा प्रमुख शिवराज न्यौपानेले स्टेसन म्यानेजर खनाललाई अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिएका हुन् । 

आज विहान लमही नगरपालिका ५ बगैचा रोड लमहीमा एग्रोभेटका सञ्चालक तथा पशु उपशाखा प्रमुख न्यौपानेले हाईब्रिड धानको नाममा झुक्याएर अन्य धानको बिउ बिक्री गरेको विषयमा समाचार लेखेकै कारण खनाललाई ज्यान मार्ने धम्की दिएका हुन् ।

यसै बिच महासंघका कार्यसमिति सदस्य तथा स्टेसन म्यानेजर खनाल माथी भएको दुव्र्यवहारप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

महासंघका अध्यक्ष दुर्गालाल केसी र सचिव अारके शितलले एक प्रेस विज्ञप्ति जारी गरि घटनाको घोर भर्तसना गरेका छन् ।

देउखुरी उपत्यका कृषीमा निर्भर रहेको र धान रोपाई गर्नका लागी उन्नत जातको धानको बीउ खोजी गर्दै एग्रोभेटमा पुगेका किसानहरुलाई हाईब्रिड धानको नाममा झुक्याएर अन्य धानको बिउ बिक्री गरेको विषयमा समाचार लेखेकै कारण खनाललाई शनिवार विहान लमहीमा रहेको दर्शन स्वर्गद्धारी एग्रोभेट सेन्टरका सञ्चालक एवं लमही नगरपालिकाका पशु उपशाखा प्रमुख  न्यौपानेले अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिएका थिए । किसानहरुलाई झुक्याएर धानको बिउ विक्री गरेको विषयमा किसानहरुबाट गुनासो आएपछि दाङका विभिन्न सञ्चारमाध्यमहरुमा समाचार प्रशारण, प्रकाशन भएको थियो ।

खनाल शनिवार विहान रेडियोमा जाने क्रममा रेडियोको नजिकै एग्रोभेट सञ्चालक एवं लमही नगरपालिका पशु उपशाखा प्रमुख समेत रहेका न्यौपानेले पत्रकारको लाईसेन्स माग्दै अपशब्द प्रयोग गरेर ज्यान मार्ने धम्की दिएका थिए ।

समाचारमा चित्त नबुझे खण्डन गर्ने एवं विभिन्न अन्य माध्यम हुँदाहुँदै पनि कार्यसमिति सदस्य शिवराज खनालमाथी भएको दुव्र्यवहार प्रति नेपाल पत्रकार महासंघ दाङ शाखा भत्र्सना गरेको छ । खनाल माथी दुव्र्यवहार गर्ने न्यौपानेलाई कारबाहीको लागी सम्बन्धित निकायसँग पत्रकार महासंघले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे