LISTEN LIVE RADIO

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दीपक मनाङेसहित पाँच जना मन्त्री नियुक्त



गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दीपक मनाङेसहित पाँच जना मन्त्री नियुक्त

कास्की ५ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री गुरुङले पुरानै मन्त्रीलाई निरन्तरता दिँदै मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले किरण गुरुङलाई आर्थिक मामिला तथा योजनामन्त्री रुपमा शपथ ग्रहण गराउनुभयो भने रामशरण बस्नेत, रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनलाई विना विभागीय मन्त्रीका रुपमा शपथ ग्रहण गराइकी हुन् । युवा तथा खेलकुदमन्त्रीमा नियुक्त राजीव गुरुङ (दीपक मनाङे) मने बाहिर रहेकाले शपथ ग्रहणमा सहभागी भएनन् ।

यसअघि बस्नेतले भौतिक पूर्वाधार, लम्सालले उद्योग पर्यटन वन तथा वातावरण र पुनले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।  मुख्यमन्त्री गुरुङ कोरोना सङ्क्रमित भएका कारण उनी मुख्यमन्त्री नियुक्त हुनुभएको एक हप्तापछि मात्र मन्त्रिपरिषद् विस्तार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे