लमही र सिसहनियाँ कोरोना अस्पतालमा हाललाई अक्सिजनको समस्या हल भयो : सांसद थारु



लमही र सिसहनियाँ कोरोना अस्पतालमा हाललाई अक्सिजनको समस्या हल भयो : सांसद थारु

देउखुरी ५ जेठ । प्रतिनिधि सभा सदस्य गंगा थारुले लमही र सिसहनियाँमा रहेको कोरोना अस्पतालमा हालका लागि अक्सिजन सिलिन्डरको समस्या हल भएको बताएकी छिन् । सांसद थारुले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस मार्फत सो कुराको जानकारी गराएकी छिन् ।

जनप्रतिनिधि, सहयोगी मनकारी हातहरु र स्थानीय उद्योगी ब्यापारीहरुको सहयोगमा कोरोना अस्पतालमा हाललाई अक्सिजनको समस्य हल भएको जानकारी दिएकी छिन् । सांसद थारु र पालिकाका प्रमुखहरुको पहलमा मंगलवार थप ३० वटा अक्सिजन सिलिन्डर आएको छ ।

ती सिलिन्डर लमहीमा रहेको कोरोना विषेश अस्पताल र सिसहनियाँमा रहेको कोरोना विषेश अस्थायी अस्पताललाई उपलब्ध गराएको सांसद थारुले जानकारी दिएकी छिन् ।

यसै बिच मंगलवार सांसद थारुले गढवामा पिपिई र मास्क प्रदान गर्नु भएको छ । ती स्वास्थ्य सामाग्री गाउँपालिका अध्यक्ष सहजराम यादवलाई हस्तान्त्रण गरिएको छ । कोरोना महामारीमा सहयोग गर्ने सहयोगी मनकारी हातहरुलाई धन्यवाद दिएकी छिन् । साथै कोरोना महामारी संगको लडाईमा सबै मिलि एक भएर अगाडी बढ्न पनि आग्रह गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे