दाङका प्रतिष्ठित उद्योगपति बुढाथोकीद्धारा प्रतिष्ठानलाई ३० थान सिलिन्डर अक्सिजन सहयोग



दाङका प्रतिष्ठित उद्योगपति बुढाथोकीद्धारा प्रतिष्ठानलाई ३० थान सिलिन्डर अक्सिजन सहयोग

घोराही १ जेष्ठ । दाङमा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीलाई ३० थान अक्सिजन सहयोग गर्न लागिएको छ । प्रतिष्ठित ब्यबसायी, उद्योगपति तथा दाङ जिल्ला उद्योग बाणिज्य संघका पुर्व उद्योग उपाध्यक्ष खड्ग बुढाथाकीले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा सहयोग स्वरुप ३० थान अक्सिजन सिलिन्डर सहयोग गर्न लागेका हुन् ।

अक्सिजन अभावका कारण थुप्रै कोरोना संक्रमितले ज्यान गुमाइरहेको अबस्थालाई मध्यनजर गर्दै प्रतिष्ठानको आइशोलेसनमा उपचाररत बिरामीको लागि उक्त अक्सिजन सहयोग गर्न लागीएको उद्योगपति बुढाथोकीले बताए । बिभिन्न समाजसेवामा सक्रिय बुढाथोकीले आफ्नो ब्यक्तिगत रुपमा ३० थान अक्सिजन सहयोग गर्न लागेका हुन् ।

कोरोना महामारी चलिरहेको बेला कोहि पनि कोरोना संक्रमणले ज्यान गुमाउन नपरोस भनि सहयोग गर्न लागेको पनि उनको भनाई छ । प्रतिष्ठानमा रहेर महामारीसंग लडिरहेका र महामारीबाट बचाउन संघर्ष गरीरहेका स्वाथ्यकर्मीहरुको लागि उद्योगपति बुढाथोकी प्रबन्ध निर्देशक रहेको सञ्जिवनी कलेजले आजबाट २ महिना सम्म खमजम खर्च ब्यहोर्ने भएको छ । आजै बसेको प्रालिको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे