नारायणपुर बजार जेठ १ गते देखि ६ गते सम्म पूर्ण रूपमा बन्द हुने



नारायणपुर बजार जेठ १ गते देखि ६ गते सम्म पूर्ण रूपमा बन्द हुने

दाङ ३१ वैशाख । कोभिड १९ को महामारी बढ्दै जाँदा भयावह स्थिति सिर्जना भएको छ । पछिल्लो चरणमा सङ्क्रमित र मृत्यु दर बढ्दै गएको छ । कोरोना भाइरसको सङ्क्रमण बाक्लिदे जाँदा नारायणपुर उद्योग वाणिज्य संघको पहलमा बिहीबार छलफल भएको छ ।

हिजो भएको छलफलमा कोभिड १९ को महामारी न्यूनीकरणका लागि नारायणपुर बजारलाई जेठ १ गतेदेखि जेठ ६ गतेसम्म पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको छ । विहानको समयमा सामान किनमेलका लागि बजारमा अत्यधिक भीडभाड बढ्न थालेपछि पूर्ण रूपमा बजार बन्द गर्ने निर्णय गरिएको हो । यो अवधिमा मेडिकल खुला रहने छन् र एग्रोभेट बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पूर्ण रूपमा स्वास्थ्य मापदण्ड अपनाएर खुला रहनेछन् । संघका अध्यक्ष अभियान बस्नेतको अध्यक्षतामा भएको छलफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे