मजदुर संघ दाङद्धारा सम्पूर्ण निर्माणका कामहरु बन्द गर्न निमार्ण व्यवसायीलाई आग्रह



मजदुर संघ दाङद्धारा सम्पूर्ण निर्माणका कामहरु बन्द गर्न निमार्ण व्यवसायीलाई आग्रह

भालुवाङ ३१ वैशाख । अखिल नेपाल निर्माण मजदुर संघ दाङले हालका लागि सम्पूर्ण निर्माणका कामहरु बन्द गर्न निमार्ण व्यवसायीहरुलाई अनुरोध गरेको छ । संघले बिहिवार एक सुचना जारी गरी यस्तो अनुरोध गरेको हो ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को दोस्रो लहर अहिले देशैभर शक्तिशाली रुपमा फैलिएको र दाङमा पनि कोरोना भाइरसका कारण कैयौंले ज्यान गुमाई सकेको र कैयौँ अस्पतालमा छटपटाइले यो बिषम परिस्थितीमा कोरोना भाइरसको उच्च जोखिमबाट बच्न, बचाउन सम्पूर्ण निर्माण व्यवसायी तथा श्रमिकहरुमा अर्को सूचना नआउँदा सम्मका लागि सम्पूर्ण निर्माणका कामहरु बन्द गर्न गराउन अनुरोध गरेको हो । साथै सूचनालाई कडाईका साथ पालना गरी सहयोग गरिदिन अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे