दाङमा आउँदो जेठ १ गते सम्मका लागि लकडाउन थपियाे



दाङमा आउँदो जेठ १ गते सम्मका लागि लकडाउन थपियाे

दाङ २४ वैशाख । दाङमा एक हप्ता लकडाउन थपिएको छ । शुक्रबार बसेको जिल्ला कोरोना संकट व्यबस्थापक केन्द्र (डीसीएमसी)को बैठकले आउदो जेठ १ गते सम्म लकडाउन थप गर्ने निर्णय गरेको छ । यस अघि दाङमा बैशाख २५ गते सम्म लकडाउन गर्ने निर्णय गरेको थियो ।

जिल्लामा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या बढेसंगै लकडाउन पनि थप गरिएको दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । प्रजिअ पौडेलको अध्यक्षतामा बैठक बसेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे