गढवाका वडाध्यक्ष सद्दामले आफ्नो निजी बोलेरो जिप एम्बुलेन्सका रूपमा प्रयोगमा ल्याए



गढवाका वडाध्यक्ष सद्दामले आफ्नो निजी बोलेरो जिप एम्बुलेन्सका रूपमा प्रयोगमा ल्याए

देउखुरी २४ वैशाख । कोरोना भाइरस (कोभिड १९) का संङ्क्रमितहरूको उपचारमा सहजता ल्याउन दाङको गढवा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष सद्दाम सिद्दिकीले आफ्नो व्यक्तीगत बोलेरो जिप निशुल्क एम्बुलेन्स्का रूपमा प्रयोगमा ल्याएका छन् । चोस्रो चरणको कोरोनाको महामारी फैलिन सक्ने भन्दै बिरामीहरुको उपचारमा सहजता ल्याउन वडाध्यक्ष सिद्दिकिले आफ्नो व्यक्तीगत युपि ४७ पी ६०९१ भारतीय नम्बरको बोलेरो जिप निशुल्क एम्बुलेन्स्को रूपमा सचालनमा ल्याएको बताए ।

उनले आवश्यक परेको खण्डमा बोलेरो जिप गढवा गाउँपालिकालाई पनि उपलब्ध गराउने निधो गरेको जानकारी दिए । वडामा एम्बुलेन्स् नभएकै कारण वडाध्यक्ष सिद्दिकिले विगत तीन वर्षदेखि निरन्तर आफ्नो व्यक्तिगत बोलेरो जिप निशुल्क रुपमा वडाका बिरामीलाई उपलब्ध गराउदै आएका छन् । कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन तिव्र रूपमा फैलिएको बेला वडाध्यक्ष सद्दाम सिद्दिकिले बिरामी बोक्नको लागि सुविधायुक्त बोलेरो जिप उपलब्ध गराएको भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन् । गढवा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष सद्दाम सिद्दिकि नेपाल कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रबाट २०७४ सालमा वडाध्यक्षमा चुनाव जितेर स्थानीय तहमा आएका हुन् । उनी नेपालकै कान्छा जनप्रतिनिधि पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे