LISTEN LIVE RADIO

गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्धकाे अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने



गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्धकाे अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने

कास्की २४ बैशाख । गण्डकी प्रदेश सभाको बैठक आउँदो सोमबार बस्ने भएको छ । बिहीवार (आज) बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले २७ गते सोमवार बिहान ११ बजेका लागि बैठक बोलाउने निर्णय गरेको गण्डकी प्रदेशसभा सचिवालयका सूचना अधिकारी जितेन्द्र जङ्ग केसीले जानकारी दिए ।

बैठकमा मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुनेछ । प्रदेश सभामा वैशाख २ गते दर्ता भएको अविश्वास प्रस्तावमा वैशाख १५ गते मतदान हुने कार्यसूची थियो । संसद् चलिरहेको बेला राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही बेपत्ता भएकाले बैठक स्थगित गरी खोजी गरिदिन सांसद प्यारी थापाले निवेदन दिएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।

सोमवार बस्ने बैठकमा कोरोना सङ्क्रमण भएका सांसदहरूलाई छुट्टै बस्ने ठाउँको व्यवस्था गरेर मतदान गर्न पाउने व्यवस्था गर्ने बैठकले निर्णय गरेको छ । सङ्क्रमित सांसदले बोल्न भने पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे